इजरायलका विदेशमन्त्रीलाई भेटेको आरोपमा लिवियाका विदेशमन्त्री निलम्बित

त्रिपोली । इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन सुरु भएको छ ।
इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्रीलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गरेका छन् ।
प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन् ।
इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताएका छन् । पछिल्लो समय इजरायलले आफूलाई आधिकारिक रूपमा मान्यता नदिने अरब र मुस्लिम बहुल देशसँग घनिष्ठ सम्बन्ध कायम गर्ने प्रयासलाई जारी राखेको छ ।
यद्यपि लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनु गैरकानुनी भएको बताएको छ ।
प्रतिक्रिया