मंगलबार, जेठ १, २०८१

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा आठ जना घाइते

नेपालखोज २०८० असार ३ गते २०:१८

लस एन्जलस । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार राति भएको एक भोजमा किशोरसहित कम्तीमा आठ जनालाई गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका अधिकारीहरूले स्थानीय समयअनुसार राति १२ः०५ बजे लस एन्जलसबाट २० किलोमिटर दक्षिणमा रहेको कार्सन शहरमा गोली चलेको पुष्टि गरेका छन् ।

घटनास्थलमा सुरक्षा अधिकारीहरूले छ जना गोली लागेर मृत्यु भएको फेला पारेका थिए भने अन्य दुई जनालाई स्थानीय चालकले अस्पताल लगेका थिए । घाइते हुनेमा १६ देखि २९ वर्ष उमेर समूहका युवा रहेको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

स्थानीय केटीएलए टिभीका अनुसार गोली चल्दा कम्तीमा ५० जना किशोर किशोरी रात्रि भोजमा सहभागी भएका थिए ।

प्रतिक्रिया