प्रतिकूल मौसमले हवाई उडान प्रभावित
नेपालखोज
२०८० असार ३ गते २१:१०

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ ।
मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ ।
अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको छ । विशेषगरी देशका पश्चिमी भेगका विमानस्थलमा उडान प्रभावित भएको एयरलाइन्सले जनाएका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इनरुट वेदरका कारण पोखरा, भरतपुर भैरहवालगायत गन्तव्यको उडान डिले भएको छ । आज तुुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया