प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने
नेपालखोज
२०८० असार ४ गते ६:५७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।आजकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया