ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : मेयर चिरिबाबु

नेपालखोज २०८० असार ४ गते १०:५८

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा हिन्दी फिल्म नरोकिने बताएका छन् ।

मेयर महर्जनले काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताएका हुन् ।

आदिपुरुषले त्रुटि गर्‍यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको पनि उनको टिप्पणी छ ।

महर्जन भन्छन्, ‘हामीले भारतीय फिल्मलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’

प्रतिक्रिया