बुधबार, असार ४, २०८२

समाजवादी मोर्चाप्रति खनालको असन्तुष्टि, घोषणा सभामा नजाने

नेपालखोज २०८० असार ४ गते १२:११

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

आज ४ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने घोषणा सभामा नेता खनाल सहभागी नहुने भएका हुन् । कार्यव्यस्तताको कारणले नेता खनाल सहभागी नहुने स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

समाजवादी मोर्चाप्रति खनाल सकारात्मक छैनन् । लक्ष्य, उद्देश्य तथा प्रधान शत्रु किटान नभइ मोर्चा घोषणाको अर्थ नहुने भन्दै उनले पार्टीमा समेत असन्तुष्टि राख्दै आएका थिए ।

प्रतिक्रिया