आइतबार, जेठ ५, २०८२

संखुवासभा बाढी : एकको मृत्यु, बेपत्ताको संख्या २१ पुग्यो

नेपालखोज २०८० असार ४ गते १३:४९

खाँदबारी । संखुवासभाको हेवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ ।

बाढीले बगाउँदा पाँचखपन ९ का सन्तोष राईको मृत्यु भएको छ । बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेँवा हाइड्रोपावरका १८ जना सम्पर्क बाहिर छन् । डिएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् ।

आईतबार बिहान सुपर हेँवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएका छन् । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

प्रतिक्रिया