कसैलाई पनि नागरिकताको अधिकारबाट वञ्चित नगर : मानव अधिकार आयोग
नेपालखोज
२०८० असार ४ गते १८:०८

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले नेपाली नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित नगर्न आग्रह गरेको छ।
नागरिकता नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेशा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्यायलगायतका हरेक पक्षसँग जोडिने भन्दै आयोगले नागरिकता नहुँदा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा समेत असर पर्ने बताएको छ।
सोमबार एक विज्ञप्ति जारी गरी आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट वञ्चित नगरिने उल्लेख गरिएको स्मरण गराएको छ।
सम्बन्धित

प्रतिक्रिया