बाढी पहिराेबाट मृत्यु हुनेलाई एक लाख राहत दिने कोसी प्रदेशकाे निर्णय
नेपालखोज
२०८० असार ४ गते २२:००

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिराेमा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभए ।
त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया