भुटानविरुद्धको सेमिफाइनलमा नेपाल

नेपालखोज २०८० असार ५ गते ५:२६

काठमाडाैं । माल्दिभ्समा चलिरहेको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा आज नेपाली राष्ट्रिय टिमले सेमिफाइनलमा भुटान प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि यो भुटानसँग पहिलो खेलमा भोगेको हारको बदला लिने अवसर पनि हो ।

फाइभ नेसन्स मेन्स बास्केटबल च्याम्पियनसिप नेपाली समय अनुसार आज साँझ ९ः१५ बजे सुरु हुनेछ । त्यसअघि पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणको अन्त्यमा ७ अंकसहित नेपाल शीर्षस्थानमा र त्यति नै अंकका साथ पाकिस्तान दोस्रो स्थानमा थिए । त्यस्तै समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा थियो । सबै ४ खेलमा हार बेहोरेको माल्दिभ्स लिग चरणबाटै बाहिरिएको थियो ।

लिग चरणको पहिलो खेलमा नेपालले भुटानसँग ६१–५५ ले हार बेहोरेको थियो । त्यसपछिका सबै तीन खेल जित्ने क्रममा नेपालले पाकिस्तानलाई ६६–६२ ले तथा बंगलादेशलाई ९०–६१ ले हराएको थियो । आज भुटानलाई हराउन सके नेपालले कम्तीमा दोस्रो स्थान पक्का गर्नेछ ।

प्रतिक्रिया