नेपाल अमेरिकासँग भिड्दै

नेपालखोज २०८० असार ५ गते ५:३८

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले आज मंगलबार आफ्नो दोस्रो खेलमा अमेरिकाको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा प्रारम्भ हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । त्यसैले दुवै टिम पहिलोे जितको सोचमा हुनेछन् । नेपाल र अमेरिकाबीच हालसम्म ६ ओडिआई खेल भएका छन् जसमा नेपालको ३ खेलमा जित, २ मा हार र १ खेल टाई भएको छ ।

नेपाल र अमेरिकाबीच सबै ६ खेल आइसिसी विश्वकप लिग २ मा भएका थिए । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् । यसैगरी समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।

प्रतिक्रिया