सोमबार, वैशाख २४, २०८१

गर्मीमा डिहाइड्रेसनको जोखिम

नेपालखोज २०८० असार ५ गते ५:४८

यतिबेला देशभर चर्को गर्मी र घामको प्रकोप जारी छ । बढ्दो तापक्रम हाम्रो स्वास्थ्यका लागि धेरै किसिमले हानिकारक हुन सक्छ। यसले हिट स्ट्रोक तथा केहि अवस्थामा आपतकालीन स्वास्थ्य समस्याको जोखिम निम्त्याउँछ । गर्मीमा डिहाइड्रेसन आम हुने गरेको चिकित्सकहरू बताउँछन् । सनस्ट्रोकसँगै शरीरमा पानीको कमी हुँदा मिर्गौला, पाचन लगायतका धेरै अंगमा समस्या सृजना हुन सक्छ ।

गर्मीका कारण लाग्ने रोगको मुख्य कारण शरीरमा पानीको कमी रहेको चिकित्सकहरू बताउँछन् । आफ्नो पेटलाई पानी वा स्वस्थ तरल पदार्थले भरिराख्दा उच्च तापक्रमबाट हिट स्ट्रोक वा जटिलताहरूको जोखिम कम गर्न सकिन्छ। गर्मीमा सबै मानिसले कम्तीमा ४ लिटर पानी पिउनुपर्छ । यसका लागि आफ्नो शरीरमा पानीको कमी छ कि छैन रु जान्न जरुरि छ ।

पर्याप्त पानी नपिएको संकेत सरिरमा देखिन्छ । चिकित्सकहरू गर्मीबाट जोगिन दिनहुँ बढीभन्दा बढी पानी वा तरल पदार्थ पिउनुपर्ने कुरा बताउँछन् । हामिले पानीको पर्याप्त खपत गरेका छौ कि छैनौं भनेर जाँच समेत गर्न सकिन्छ रु यदि शरीरमा पानीको कमी छैन भने हामिलाई हरेक दुई देखि साढे दुई घण्टामा पिसाब फेर्ने चाहना हुन्छ । स्पष्ट र पातलो मूत्र हाइड्रेटेड भएको राम्रो संकेत हो । यसबाहेक, यदि पिसाब गर्दा जलन महसुस हुँदैन भने, यो पनि राम्रो संकेत हो कि पसिना राम्रोसँग उत्पादन भइरहेको छ।

निर्जलीकरणका लक्षण

शरीरमा पानीको कमी नहोस् भनेर जाँच गरिरहनु जरुरी छ । केही सामान्य लक्षणका आधारमा यसलाई पहिचान गर्न सकिन्छ ।
-डिहाइड्रेसन भए अनुहार र आँखासँग सम्बन्धित समस्या हुन सक्छ ।
-बारम्बार तिर्खा लाग्नु ।
– गाढा पहेंलो तथा कडा गन्धयुक्त पिसाब । ड्ड सामान्य भन्दा कम पिसाब लाग्नु ।
-चक्कर लाग्नु वा कमजोरी महसुस हुनु ।
– मुख, ओठ र जिब्रो सुख्खा हुनु ।
– आँखा रातो हुनु , दुख्नु ।
– छालामा अत्यधिक सुख्खापन । यसले गम्भीर साइड इफेक्ट हुन सक्छ । लामो समयसम्म वा बारम्बार निर्जलीकरणले पिसाब नलीमा संक्रमण ९ग्त्क्ष्क०, मृगौलाको पत्थरी र मिर्गौला फेल पनि हुन सक्छ । निर्जलीकरणले टाउको दुखाउने सम्म हुन सक्छ।

चिकित्सकहरू भन्छन् – कम पानी पिउँदा पिसाबको उत्पादन पनि कम हुन्छ, जसका कारण शरीरबाट फोहोर बाहिर निस्कन पाउँदैन । यो समस्या धेरै दृष्टिले गम्भीर जोखिम मानिन्छ ।

प्रतिक्रिया