विनियोजन विधेयकमाथिको छलफल जारी रहने
नेपालखोज
२०८० असार ५ गते ६:४६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।आजकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
सम्भावित कार्यसूचीमा उल्लेख भएअनुसार विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज सहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने छ ।
सम्बन्धित
प्रतिक्रिया