मंगलबार, वैशाख २५, २०८१

युएई राष्ट्रपतिले पठाए इराकका राष्ट्रपतिलाई कोप-२८ को आधिकारिक निमन्त्रणा

नेपालखोज २०८० असार ५ गते ११:०८

अबु धाबी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाएका छन् ।

सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ ।

उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ ।

प्रतिक्रिया