शनिबार, माघ २६, २०८१

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथ ढकालद्वारा सयुक्तराष्ट्र संघ अध्यक्ष फिलिमेन याङसँग भेट

नेपालखोज २०८१ माघ १० गते १२:४९

न्यूयोर्क । मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेटवार्ता गरेका छन् ।

Advertisement

न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना संदेश दिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको महत्वपुर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसद बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल-अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।

सांसद ढकालले अमेरिकी पत्रिका ‘द वाशिंगटन टाइम्स’ को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसंग अन्तरक्रिया गरेका छन् ।

ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनि नेपाल-अमेरिका संसदीय मैत्री समुहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताले बिशेष महत्व दिएका छन् ।

प्रतिक्रिया