काभा पुरुष भलिबलमा नेपालले इरानसँग खेल्दै

नेपालखोज २०८० असार ५ गते ११:४८

काठमाडौं । किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले आज इरानसँग खेल्दैछ ।

नेपाल र इरानबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि सुरु हुनेछ । लगातार दोस्रो हार बेहोरेको नेपाल इरानलाई स्तब्ध पार्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।

नेपाल पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा किर्गिस्तानसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

यता, इरान नेपाललाई हराउँदै काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । इरानले पहिलो खेलमा उज्वेकिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।

इरानसँगको खेलपछि नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया