अखण्ड भारत नक्साबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन
नेपालखोज
२०८० असार ५ गते १२:०६

काठमाडौं । नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझ्नको लागी दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।
आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सो जानकारी दिएका हुन् ।
भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाव परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया