मंगलबार, वैशाख २५, २०८१

टेक्नोलोजी उद्योगका दश धनी व्यक्ति

नेपालखोज २०८० असार ५ गते १२:४४

काठमाडाैं । आजको संसारमा टेक्नोलोजी उद्योगका सफल व्यक्तिहरूले निकै पैसा जम्मा गरेका छन् । उनीहरूले हाम्रो जीवन र काम गर्ने तरिकामा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रविधि उद्योगको विकास

प्रविधि उद्योग सूचना प्रविधिसँग सम्बन्धित चीजहरू सिर्जना गर्ने र बनाउने कम्पनीहरूको समूह हो । यसमा कम्प्युटर सफ्टवेयर, हार्डवेयर र सेवाहरू जस्ता चीजहरू समावेश छन्। स्मार्टफोन तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ आविष्कार सँगै प्रविधि उद्योग धेरै परिवर्तन पनि हुँदै आएको छ। यी प्रतेक परिवर्तनले हाम्रो जीवनमा प्रविधि प्रयोग गर्ने तरिका समेत परिवर्तन गरेका छन ।

अहिले टेक्नोलोजी इन्ड्रस्टी (प्राविधिक उद्योग ) तिब्र बिकास सँगै एकदमै चाँडो बढिरहेको पनि छ । विश्वभर यसको मूल्य लगभग ६ ट्रिलियन अमेरिकी डलर छ । यो क्षेत्रका शीर्ष व्यक्तिहरूले यसलाई अघि बढाउन ठूलो भूमिका खेलेका छन् ।
टेक उद्योगका शीर्ष १० धनी व्यक्तिको सम्पत्ति

एलोन मस्क – २३५.७ बिलियन अमेरिकी डलर

जेफ बेजोस – ११४ बिलियन डलर

ल्यारी एलिसन – १०७ बिलियन डलर

बिल गेट्स – १०४ बिलियन डलर

स्टीव बाल्मर – ८१ बिलियन डलर

ल्यारी पेज – ७९ बिलियन डलर

सर्गेई ब्रिन – ७६ बिलियन डलर

मार्क जुकरबर्ग – ६४ बिलियन डलर

माइकल डेल – ५० बिलियन

झाङ यिमिङ – ४६ बिलियन डलर ।

प्रतिक्रिया