सोमबार, वैशाख ३१, २०८१

नेपाली बजारमा आयो एमजीको नयाँ एसयूभी

नेपालखोज २०८० असार ५ गते १८:०७

काठमाडाैं । नेपाली बजारमा एमजीको नयाँ एसयूभी एस्टरले प्रवेश पाएको छ। नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सका अनुसार आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकिप्रय छ ।

यो एसयूभीमा आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर समेत दिइएको छ भने १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टरले १०८ पीएस पावर तथा १४४ एनएम टर्क जेनरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र सीभीटी ट्रान्समिसनको विकल्प उपलब्ध छ ।

१६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा कुदन सक्ने एमजी एस्टरको लम्बाई ४३२३ एमएम, चौडाई १८०९ एमएम, उचाई १६५० एमएम, २५८५ एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स छ। यसमा ४७५ लिटर क्षमताको बुट स्पेश तथा ४५ लिटरको इन्धन ट्याङ्की छ। एस्टरमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ।

यसमा एलइडी डीआरएल सहितको एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प सहित मल्टिफङसन स्टेयरिङ ह्विल, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा जस्ता फिचर उपलब्ध छन्। केही समय पहिले देखि नै बुकिङ खुल्ला गरिएको यो एसयूभीको नेपाली बजार मूल्य ४८ लाख ४९ हजार रुपैयाँ बाट सुरु हुन्छ ।

प्रतिक्रिया