लागुऔषधसहित एक महिला पक्राउ
नेपालखोज
२०८० असार ५ गते २१:३३

काठमाडौं । ललितपुरबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छिन् ।
सोमबार दिउँसो ललितपुर महानरपालिका १५ को एक खाजा पसलमा अवैध लागु औषध विक्रि वितरण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले खानतलासी गर्दा नगद र लागु औषधसहित होटल सञ्चालिका ४० बर्षिया शान्ति रानालाई पक्राउ गरेको छ ।
उनलाई ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया