चोरीका तीन थान मोटरसाइकलसहित एक व्यक्ति प्रकाउ

काठमाडौं । चोरीको तीन थान मोटरसाइकलसहित गणेशमान घलान पक्राउ परेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका २ ठेचोबाट जेठ २९ गते पार्किङ गरिाखेको मोटरसाइकल चोरी भएको सूचनाको आधारमा चापागाउँबाट बगुवातर्फ तीनवटा मोटरसाईकल चलाएर जाँदै गरेका व्यक्तिहरूलाई चेकजाँचका लागि रोक्न खोज्दा चेकप्वाईन्टमा नरोकी तीव्रगतिमा दुईवटा मोटरसाईकल बगुवातर्फ भागेको र एउटा मोटरसाईकल फर्काएर चापागाउँतर्फ जान खोज्दा पिछा गर्दै जाने क्रममा कान्तिलोकपथ सडक खण्डमा घलान लडेर घाईते भएको अवस्थामा फेला पारिएको थियो । उनलाई पाटन अस्पतालमा उपचार गराएर सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
घलानबाट प्रहरीले बाग्मती प्रदेश-०३-००५ प ६१८७ र बा.९५ प. ६०७० नम्बरको पल्सर-२२० सिसिको मोटरसाईकल बेवारिसे छाडीएको अवस्थामा रितपूर्वक बरामद गरी अनुसन्धान गर्दा बाग्मती प्रदेश-०३-००५ प. ६१८७ नम्बर प्लेट राखि चलाएको पल्सर-२२०cc मोटरसाईकलको वास्तविक नम्बर बागमती प्रदेश-०२-०३१ प २२८४ खुल्न आएको र सो मोटरसाईकल मिति २०७९/०६/२८ गते गोदावरी नगरपालिका वडा न-९ टिकाभैरव बजारबाट चोरी भएको तथा बागमती प्रदेश-०२-०२६ प ५३७१ नम्बरको पल्सर-१५०सिसि र बा.९५प ६०७० नम्बरको पल्सर-२२०सिसिको मोटरसाईकल मिति २०८०/०२/२९ गते विहान गोदावरी नगरपालिका १२ ठेचोबाट समेत भएको चोरी गरेको पुष्टि भएको छ ।
घलानलाई मंगलबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्त्रान सुरु गरेको ललितपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया