आइतबार, वैशाख १४, २०८२

उद्यमीहरूको जीवनको महत्त्वपूर्ण पाठ – २

नेपालखोज २०८० असार ६ गते ५:३८

उद्यमशीलतामा सफलता हासिल गर्न महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्नु महत्त्वपूर्ण छ । उच्च लक्ष्य र त्यो महानताका लागी प्रयास पनि महत्त्वपूर्ण छ । भलै यसको अर्थ जोखिम लिनु र बाटोमा चुनौतीहरूको सामना गर्नु किन नहोस् ? यहाँ केहि प्रसिद्ध उद्यमीहरूको सफलताको रहस्य प्रस्तुत गरिएको छ । हामीले यी कुराहरूलाई उचित रुपमा अपनाएर आफ्नो जीवनमा तुरुन्तै लागू गर्न सक्छौं र सकारात्मक परिवर्तनहरू देख्न सक्छौं ।

रिचर्ड ब्रान्सन, भर्जिन ग्रुप – बलियो टिम बनाउनुहोस् ।

प्रख्यात उद्यमी रिचर्ड ब्रान्सन बलियो टिम निर्माण गरि प्रभावकारी रूपमा काम गर्ने कुराका विशेषज्ञ नै हुन्। उसले बुझेका छन कि उनि एक्लैले सबै कुरा गर्न सक्दैनन र उनले आफ्नो लक्ष्य प्राप्त गर्न आफ्नो टिममा भर गर्नुपर्छ। ब्रान्सनबाट सिक्नुपर्ने पाठ के हो भने उद्यमीहरूले बलियो टिम निर्माणमा ध्यान केन्द्रित गर्नुपर्दछ र टिमका सदस्यहरूबाट बढीभन्दा बढी प्राप्त गर्न प्रभावकारी रूपमा उनिहरुको प्रतिनिधित्व गराउनुपर्छ । यदि तपाईं नेता हुनुहुन्छ र तपाईं जहिले पनि म-म मात्र भनिरहनु हुन्छ भने तपाईंको भविष्य त्यति उज्ज्वल छैन ।

ज्याकमा, अलिबाबा-लगनशीलता सर्वोपरी छ ।

ज्याक माले विश्वको सबैभन्दा ठूलो ई(कमर्स कम्पनीहरू मध्ये एक अलिबाबाको स्थापना गरे । यो बाटोमा उनले धेरै अवरोधहरूको सामना गरे। उनलाई धेरै जागिरबाट बर्खास्त गरियो र धेरै असफलताहरूको सामना गर्नुपर्‍यो । यद्यपि उनले कहिल्यै हार मानेनन्। ज्याक माबाट सिक्नु पर्ने पाठ के हो भने एक उद्यमीका रूपमा सफलता प्राप्त गर्न दृढता महत्त्वपूर्ण छ । ज्याक मा आफ्नो देशको सरकारको निशानामा आएका थिए र लगभग हराइसकेका थिए तर २०२३ मा उनी फेरि सक्रिय देखिन थालेका छन्।

मार्क जुकरबर्ग, फेसबुक – प्रतिक्रिया सुन्नुहोस् र तत्काल त्यसमा अमल गर्नुहोस् ।

मार्क जुकरबर्गले कलेजका विद्यार्थीहरूलाई आपसमा जोडन र जानकारीहरु साझा गर्न फेसबुक नामको प्लेटफर्मको रूपमा स्थापना गरेका थिए । यसको लोकप्रियता बढ्दै जाँदा जुकरबर्गले प्रयोगकर्ताहरूको प्रतिक्रिया सुन्न र तिनको चाहना अजुरुपको परिवर्तनमा ध्यान दिए । फेसबुकको सफलता प्रतिक्रिया सुन्ने तथा बदलिँदो परिस्थिति अनुरुप तत्काल आफुलाइ ढाल्ने कुराको परिणाम हो ।

ठूलाठूला अप्ठ्याराहरू झेल्दै फेसबुक (मेटा) अब आर्टिफिसियल इन्टेलिजेन्सको युगप्रति आशावादी छ । रीड हेस्टिङ्स , नेटफ्लिक्स – क्यालकुलेटेड रिस्क लिउँ और दिशा परिवर्तनका लागि तयार रहौं । रीड हेस्टिङ्स पहिले डिभिडि (DVD) भाडामा दिने सेवामा थिए तर उनले चाँडै नै इन्टरनेट स्ट्रिमिङ भविष्यको व्यवसाय हो भन्ने कुरा महसुस गरे ।

उनले क्यालकुलेटेड रिस्क लिए र कम्पनीको व्यापार मोडलको दिशा परिवर्तन गरे जुन ठूलो सफलता साबित भयो ।
हेस्टिङ्सबाट सिक्नु पर्ने पाठ के हो भने उद्यमीहरूले क्यालकुलेटेड रिस्क लिनुपर्दछ र आवश्यक पर्दा दिशा परिवर्तन गर्न पनि तयार हुनुपर्छ । धेरै व्यवसायीहरू दिशा परिवर्तन कुरा त गर्छन् तर सबैमा यसलाई कार्यान्वयन गर्ने हिम्मत हुँदैन ।

प्रतिक्रिया