शनिबार, जेठ ५, २०८१

पोखरामा संगीत दिवस आज

नेपालखोज २०८० असार ६ गते ६:५७

काठमाडाैं । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा आज असार ६ गते बुधबार पोखराका १८ वटा संस्थाले विश्व सङ्गीत दिवस मनाउँदै छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा संचालन हुने उक्त साङ्गीतिक कार्यक्रमले पोखराको साङ्गीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ ।

साङगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले प्रस्तुति दिने बताइएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बरालका अनुसार पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

सोह्र विभिन्न प्रस्तुति रहने उक्त साङ्गीतिक कार्यक्रम दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रस्तुत हुन लागेको उक्त कार्यक्रम आगामी वर्ष देखि संयुक्तरूपमा मनाइनेछ ।

प्रतिक्रिया