मंगलबार, वैशाख २५, २०८१

रूसको बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु

नेपालखोज २०८० असार ६ गते ८:५५

मस्को । रूसको एक बारुद कारखानामा मङ्गलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विस्फोट भएको जनाएको छ ।

‘कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ,’ रूसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

बारूद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ । ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतङ्ककारी’ को सम्लग्नता हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

ठूला अपराधको छानबिन गर्ने रूसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लङ्घनको अनुसन्धान सुरु गरेको जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ ।

यद्यपि, यो अवधिमा रूसी भूभाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् । युक्रेनमा आक्रमण सुरु भएदेखि नै रूसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया