बिहीबार, असार ५, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०८० असार ६ गते ९:१३

काठमाडौं । संघीय संसद अन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल भएको थियो ।

बैठकमा विनियोजन बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया