आइतबार, जेठ ६, २०८१

होन्डुरसमा दुई गिरोहबीच झडप, ४१ जनाको मृत्यु

नेपालखोज २०८० असार ६ गते १०:५६

एजेन्सी । अमेरिकी देश होन्डुरसमा अवैध गतिविधिलाई लिएर दुई गिरोहबीच झडप भएको छ ।

हिंसामा ४१ कैदीको जलेर मृत्यु भएको होन्डुरसको प्रहरीले जानकारी दिएको छ । गम्भीर रूपमा जलेका कैदीहरूलाई अस्पताल लगिएको थियो ।

सञ्चारमाध्यमका अनुसार गोली र छुरा प्रहारबाट घाइते भएका कम्तीमा सात महिला कैदीलाई राजधानी टेगुसिगाल्पाको एक अस्पतालमा भर्ना गरिएको छ ।

देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन् । जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो ।

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएका छन् । अमेरिकी मिडियाका अनुसार होन्डुरसको राष्ट्रिय महिला कारागारमा करिब ८०० कैदीहरू छन्, जुन क्षमताको दोब्बरभन्दा बढी छ ।

२०२० मा होन्डुरस जेलमा धेरै हिंसात्मक घटनाहरू भएका थिए ।

प्रतिक्रिया