शनिबार, जेठ ४, २०८२

लागुऔषधसहित २ जना पक्राउ

नेपालखोज २०८० असार ६ गते १३:१९

मोरङ। मोरङको रतुवामाई नगरपालिका ६ शनिश्चरे स्थितबाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह साढे ५ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री मोरङ मिक्लाजुङ गाउँपालिका ७ का १९ बर्षीय प्रबिन महल्दार सार्की र मिक्लाजुङ ६ का २१ बर्षीय केशव केसीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित औषधी फेला परेपछि पक्राउ गरिएको हो ।

उनीहरुबाट नाईट्रोभेट १ सय ६८ पिस र १ सय ६० पिस फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया