१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग
नेपालखोज
२०८० असार ६ गते १४:०५

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ ।
आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ । १६ औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ ।
बुधबार दिउँसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमितरुप मै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । छलफल शुक्रबारसम्म चल्नेछ ।
सम्बन्धित

प्रतिक्रिया