बिहीबार, असार ५, २०८२

‘किसानलाई पेन्सनको व्यवस्था गरौं’

नेपालखोज २०८० असार ६ गते १४:५९

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिनुपर्ने उनको भनाइ छ ।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले कर्मचारीलाई पेन्सन दिने तर किसानलाई नदिने काम उचित नहुने बताए ।

कृषिलाई आकर्षणको क्षेत्र बनाउन परम्परागत बजेटले सम्भव नहुने भन्दै साहले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया