जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक भाेलि बस्ने
नेपालखोज
२०८० असार ६ गते १५:१३

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)काे केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
भाेलि बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया