महासंघको उद्योग समितिमा उप–सभापतिमा नानीराज घिमिरे मनोनित
नेपालखोज
२०८० असार ६ गते १६:२९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।
उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले मनोनयन पत्र हस्तान्तरण गर्दै मनोनित हुने व्यक्तित्वहरुले महासंघलाई सशक्तरुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताए ।
सम्बन्धित

प्रतिक्रिया