अल्बर्ट आइन्स्टाइनका १० विचार जसले जीवन परिवर्तन गर्छ

अल्बर्ट आइन्स्टाइनलाई विश्वका महान् वैज्ञानिकहरूमा प्रमुख मध्ये एक मानिन्छ । उनको जन्म १४ मार्च, १८७९ मा जर्मनीको उल्ममा भएको थियो । साधारण देखिने यी वैज्ञानिकले ब्रह्माण्ड र भौतिक संसारसँग सम्बन्धित यस्ता क्रान्तिकारी खोजहरू गरे जसले विज्ञानलाई नयाँ उचाइमा पुर्यायो । उनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड सम्बन्धि हाम्रो पुरानो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गर्यो ।
आफ्नो सापेक्षताको सिद्धान्तमा उनले सम्पूर्ण अस्तित्व समयसँग कसरी जोडिएको छ भनेर व्याख्या गरेका छन् । आइन्स्टाइनलाई फोटोइलेक्ट्रिक प्रभाव सम्बन्धी कानूनका लागि १९२१ मा भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो। आइन्स्टाइनको बुद्धिमत्ता सामान्य मानिसभन्दा अगाडि थियो । आज हामी अल्बर्ट आइन्स्टाइनका केहि उत्कृष्ट उद्धरण साझा गर्दैछौं जसका बारेमा जान्नु जरुरि पनि छ ।
– शिक्षा तथ्यको सिकाइ होइन यो त मस्तिष्कलाई सोच्ने तालिम हो ।
– हामीले सफल व्यक्ति बन्ने प्रयास गर्नुको सट्टा सिद्धान्तको व्यक्ति बन्ने प्रयास गर्नुपर्छ।
– प्रेममा परेर गिर्ने मानिसहरूका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन।
– शुद्ध गणित आफैमा तार्किक विचारयुक्त कविता हो।
– मूर्खता र बुद्धिमा यहि भिन्नता छ कि बुद्धिको सीमा हुन्छ ।
– कल्पना ज्ञानभन्दा बढी महत्त्वपूर्ण छ।
– धर्म बिनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान बिनाको धर्म अन्धो हुन्छ ।
– सिक्न छोड्ने बित्तिकै मानिस मर्न थाल्छ ।
– एउटा जहाज सबैभन्दा सुरक्षित समुद्री किनारमा हुन्छ तर त्यो जहाज किनाराका लागि बनेको हुँदैन ।
– आफूलाई खुसी बनाउने सबैभन्दा राम्रो उपाय अरूलाई खुसी बनाउनु हो ।
प्रतिक्रिया