आइतबार, वैशाख ७, २०८२

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नेपालखोज २०७७ असोज ११ गते ९:०७

काठमाडौं । आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । मन्त्री हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

नियमित बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक आह्वान गरेका हुन्। बैठक मध्याह्न १२ बजे बालुवाटारमा बस्ने एक मन्त्रीले बताएका छन् । यसरी आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक किन बोलाइयो भन्नेबारे भने आफूलाई थाहा नभएको ती मन्त्रीको भनाइ छ।

मन्त्रिपरिषद् एक दुई दिनभित्रै पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।

 

प्रतिक्रिया