रुपचन्द्र विष्टको २४औँ स्मृति दिवस मनाइयो

काठमाडौं । थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २४औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
रुपचन्द्र विष्ट स्मारक समिति नेपाल र मकवानपुरे समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसी, पूर्वसांसद रामनारायण बिडारी, हिरण्यलाल श्रेष्ठ, चिरञ्जीवी खनालगायतका वक्ताले जनमुखी नेताका रूपमा विष्टको सम्झना भइरहनेमा जोड दिएका थिए ।
उनीहरुले थाहा सिद्धान्तबारे जानकारी गराएका थिए । विष्टले विसं २०३८ मै संविधानसभाबाट जनमुखी संविधान निर्माण गरिनुपर्ने आवाज बुलन्द गरेकाे उनीहरुकाे भनाइ थियाे। सार्वजनिक सरोकारको विषय जनताले जान्न पाउनुपर्छ भनी उनले गरेको वकालत नै थाहा दर्शनको मुख्य भाव भएकामा वक्ताले जोड दिएका थिए।
उनको दर्शन अहिले सूचनाको हकलगायत जनवादी विभिन्न नारामा समाहित भए पनि कार्यान्वयनमा भने चुनौती रहेको छ ।
प्रतिक्रिया