बुधबार, जेठ २, २०८१

जलवायु र गरिबी कोषका लागि १०० अर्ब डलरको लक्ष्य पूरा : आईएमएफ प्रमुख

नेपालखोज २०८० असार ७ गते २०:४५

पेरिस । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जलवायु परिवर्तन र गरिबीसँग जुध्न धनी देशहरूले संस्थाबाट १०० अर्ब अमेरिकी डलरको कोष पुनः विनियोजन गर्ने भएको छ । आईएमएफ प्रमुखले विकासशील देशहरूमा जलवायु परिवर्तन र गरिबीसँग जुध्न धनी देशहरूले संस्थाबाट १०० अर्ब अमेरिकी डलर को कोष पुनः विनियोजन गर्ने लक्ष्य पूरा गरेको बताएका छन् ।

पेरिसमा आयोजित जलवायु वित्त पोषण शिखर सम्मेलनमा क्रिस्टालिना जर्जिएभाले भने, ‘हामी लक्ष्य पूरा गर्छौं, हामीसँग १०० अर्ब छ ।’ शिखर सम्मेलनअघि आईएमएफलाई लक्ष्य हासिल गर्न ४० अर्ब अमेरिकी डलर आवश्यक थियो । सन् २०१९ मा पहिलो पटक घोषणा गरिएको यो योजनामा धनी देशहरूले कमजोर अर्थतन्त्रका लागि आईएमएफको विशेष रेखाङ्कन अधिकार (एसडीआर) मा १०० अर्ब अमेरिकी डलरको स्रोत पुन: प्रयोग गर्ने घोषणा गरिएको थियो ।

एसडीआर भनेको आईएमएफमा कति योगदान पुर्याउछ भन्ने आधारमा देशहरूलाई प्रदान गरिने विदेशी विनिमय सञ्चित सम्पत्ति हो । केही युरोपेली देशहरूले विरोध गरेको यो विचार धनी देशहरूले आईएमएफलाई यी विदेशी मुद्रा सञ्चित सम्पत्तिहरू ऋण दिनको लागी थियो । सम्मेलनअघि फ्रान्स र जापानले आफ्नो ३० प्रतिशत एसडीआर पुनः परिचालन गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया