शनिबार, जेठ ५, २०८१

बालेनले रोकेको हिसान एडुफेयर पुनः सुरु

नेपालखोज २०८० असार ८ गते १४:२६

काठमाडौं । कान्तिपर हिसान एडुफेयर आजदेखि पुनः सुरु भएको छ । गत जेठ ३२ गते सुरु भएको मेला काठमाडौं महानगरपालिकाले विद्यार्थीको नतिजा प्रकाशन नै नभई आयोजना गरिएको भन्दै मेला बन्द गराएको थियो ।

बुधबारमात्रै उच्च अदालत पाटनले महानगरलाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपश्चात आज शुक्रबार पुनः मेला सुचारु गरिएको हो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित मेलाले नेपालमा नै विदेशको भन्दा उत्कृष्ट, गुणस्तरीय प्राविधिक तथा सैद्धान्तिक शिक्षा पाइने विश्वास विद्यार्थीहरुमा दिलाउन मेला आयोजना गरिएको हिसानले जनाएको छ ।

प्रतिक्रिया