बुधबार, जेठ २, २०८१

नागरिक समाजको ‘घाँटी थिचियो’ : संयुक्त राष्ट्रसंघ

नेपालखोज २०८० असार ८ गते १६:२७

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले विश्वका धेरै देशमा मानवअधिकारकर्मी तथा नागरिक समाजका सदस्यहरुलाई चुप गराइएको कुरा बताएका छन् ।

मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले हिंसात्मक द्वन्द्व, जलवायु प्रकोप तथा विकासको मार्गमा असफलताको सामना गरिरहेको विश्वका लागि मानवअधिकारको मुद्दामा सहयोग महत्वपूर्ण रहेको र यसलाई राजनीतिभन्दा माथि राखेर ध्यान दिनुपर्ने कुरा समेत बताए ।

समस्या र दबाबको सामना गर्नेमा आफ्नो कार्यालयलाई सहयोग गर्नेहरु पनि रहेको उनले बताए । टर्कले भने – विश्वका धेरै देशहरूमा मानवअधिकारकर्मी र नागरिक समाजका सदस्यहरूको आवाज दबाइदैछ। टर्कले संयुक्त राष्ट्र सहायता समाजका महत्त्वपूर्ण सदस्यहरू विरुद्ध विभिन्न देशहरूमा भएका हिंसात्मक घटनाहरूप्रति चिन्ता व्यक्त गरेका छन् । विशेषगरी संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्लाई सहयोग गर्ने संस्था र व्यक्तिमाथि अनुसन्धान भैरहेको उनले बताए ।

‘जनता मर्दैछन्, सरकार सुतेको छ’

टर्कले कुनै देशको नाम नलिई ४७ सदस्यीय मानवअधिकार परिषद्का धेरै सदस्य राष्ट्र पनि यस्ता गतिविधिमा संलग्न रहेको बताए । “संयुक्त राष्ट्रका योगदानकर्ताहरू विरुद्धको आक्रमणले नागरिक समाजको संसारमा असाधारण प्रभाव पार्न सक्छ,” उनले भने।

मानवअधिकार उल्लङ्घनमा संयुक्त राष्ट्र सजग

टर्कले भनेका छन – संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले पनि १३ वटा त्यस्ता प्रतिवेदन जारी गरेका छन् जसमा ७७ वटा देशमा मानव अधिकार रक्षकहरू विरुद्ध ७०० भन्दा बढी धम्की र हिंसाका घटनाहरू रिपोर्ट गरिएको छ। गत वर्ष ४२ वटा देश यस्ता गतिविधिमा संलग्न रहेको रिपोर्ट आएको थियो ।

यो सूचीमा रुस, चीन र बेलारुस पनि परेका थिए भने मानवअधिकार परिषद्क १२ वटा सदस्य राष्ट्र समेत यस्ता घटनामा संलग्न रहेको बताएको छ । भोल्कर टर्कले रुसलाई मानवअधिकार परिषद्ले नियुक्त गरेको स्वतन्त्र छानबिन आयोगलाई सहयोग गर्न आग्रह गरे। उनले रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र र रसियामा मानवअधिकार अनुगमनकर्ताहरूलाई पहुँच दिनु पर्नेमा जोड दिएका छन् । -एएफपी

प्रतिक्रिया