वीर अस्पतालका ७ सय शैया बिरामीका लागि निःशुल्क
नेपालखोज
२०८० असार ८ गते १८:३९

काठमाडौं । वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शैयाको व्यवस्था गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शैयामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।
उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले सात सय साधारण शैया निःशुल्क गरिएको छ ।
मन्त्रालयको पहलमा शैयावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए । यसअघि प्रतिदिन रु दुई सय शैयामा शुल्क लाग्ने गरेको थियो ।
अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शैया रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया