बिहीबार, असार ५, २०८२

सांसदद्वारा सरकारको ध्यानाकर्षण

नेपालखोज २०८० असार ८ गते २०:१८

काठमाडाैं । सांसदहरूले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको आरोप, कारागार व्यवस्थापन र प्रधानमन्त्री कार्यालयमा कर्मचारी व्यवस्थापनका विषयप्रति सरकारको ध्यानआर्कषण गराएका छन् । प्रतिनिधिसभाकोे आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका छलफलमा भाग लिँदै सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानआर्कषण गराएका हुन् ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप बढेको आरोपप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनका अनुसार हरेक गृहमन्त्रीले आफ्नो पार्टीको प्रहरी बनाउने प्रयत्न गरेको देखिन्छ, भन्ने आरोप लाग्दै आएको छ । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल र निजगढ दु्रतमार्गको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

यस्तै, अर्का सांसद रामहरि खतिवडाले प्रधानमन्त्री कार्यालयअन्र्तगत भएका विभिन्न मन्त्रालयका कार्यालय सम्बन्धित मन्त्रालयमै फर्काउन सुझाव दिए । उनले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए । सांसद अब्दुल खांनले आगामी आव २०८०/८१ को विनियोजित बजेट विधेयक विभेदकारी र मुस्लीम विरोधी बजेट बनेको आरोप लगाए ।

सांसद खांनले सशस्त्र प्रहरी जवानको तलबभक्ता वृद्धि गर्नुपर्नेमा जोड दिए । छलफलका क्रममा सांसद प्रेमबहादुर आलेले देशभरका कारागारको मर्मतसंहार र व्यवस्थापनमा जोड दिए । सांसद विराजभक्त श्रेष्ठले वैदिक वाङमय र लोपोन्मुख सांस्कृतिको जर्गेना तथा उत्थानमा बजेटले प्रर्याप्त ध्यानपुर्याउन नसकेको बताए ।

सांसद धवलशम्शेर जङ्गबहादुर राणाले बाँके जिल्ला कारागारको दयनीय अवस्थाबारे चर्चा गर्दै कारागार व्यवस्थापनमा सरकारको ध्यानआर्कषण गराए । उनले पर्यटन क्षेत्र प्रर्वद्धन र विमानस्थलको स्तरउन्नतीमासमेत जोड दिए ।

प्रतिक्रिया