मंगलबार, जेठ १, २०८१

यूपीको मैनपुरीमा एकै परिवारका ५ जनाको निर्मम हत्या

नेपालखोज २०८० असार ९ गते १२:२५

एजेन्सी । भारतको उत्तर प्रदेशको मैनपुरीमा ठूलो नरसंहार भएको छ । एकै परिवारका ५ जनाको हत्या भएको छ । हत्यापछि अभियुक्तले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

यस हत्याकाण्डमा दुई जना गम्भीर घाइते भएका छन्, जसलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दुवैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आरोपी नोएडाको एक निजी कम्पनीमा काम गर्दथे र आफ्नो भाइको विवाहमा सहभागी हुन घर आएका थिए ।

घरमा बिहेको माहोल थियो जसका कारण सबै सदस्य र आफन्त उपस्थित थिए । तर, हत्याका आरोपीले के कारणले हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । यो हत्याकाण्डपछि इलाकामा सनसनी मच्चिएको छ ।

प्रहरीले सबै मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको मिडिया रिपोर्टमा उल्लेख छ । घटनाबारे अनुसन्धान भइराखेको बताइएको छ ।

प्रतिक्रिया