पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी
नेपालखोज
२०८० असार ९ गते १३:३९

काठमाडौं । नेपाली सेनाले पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी राखेको जानकारी दिएको छ ।
सेनाका नुसार ताप्लेजुङ, पाँचथर तथा संखुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित ईलाकाहरुमा आज पनि नेपाली सेनाका स्थानीय युनिटहरुबाट परिचालित फौजले अन्य निकायहरुका साथै सर्वसाधारणसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखिएको हो ।
यसै क्रममा पाँचथर जिल्ला, फिदिम नगरपालिका–४ र हिलिहाङ्ग गाउँपालिका–७ स्थित हेवाखोला ईलाकामा अस्थाई तुईनद्वारा सामान ढुवानी, स्थानीय श्रोतसाधनको प्रयोगबाट अस्थायी पुल तथा अस्थायी प्रयोगको लागि गोरेटो बाटो निर्माण गर्नुका साथै उक्त स्थानमा बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।
यसैबीच काठमाण्डौंमा संकलित राहत सामग्री नेपाली सेनाको हेलिकप्टरद्वारा पाँचथर र ताप्लेजुङ पुर्याईएको सेनाले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया