शनिबार, जेठ ५, २०८१

यी हुन् विश्वका शीर्ष १० विश्वविद्यालय

नेपालखोज २०८० असार ९ गते १५:१८

काठमाडाैं । QS World University Rankings ले वर्ष -२०२३ को र्याङ्किङ जारी गरेको छ। यो र्‍याङ्किङमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) ले विश्वमै पहिलो स्थान हासिल गरेको छ। यो वरीयतामा उसले ओभर अलमा १०० स्कोर गरेको छ। त्यसपछि दोस्रो नम्बरमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालय छ । यसलाई ९८.८ अंक दिइएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालय यो सुचिको तेस्रो नम्बरमा छ । स्ट्यानफोर्ड , संयुक्त राज्य अमेरिकामा अवस्थित छर यसले ९८.५ अंक प्राप्त गरेको छ । चौथो नम्बरमा युकेमा रहेको अक्सफोर्ड विश्वविद्यालय छ। यो र्‍याङ्किङमा उसले ९८.४ अंक पाएको छ । हार्वर्ड विश्वविद्यालय यो सुचिको पाँचौं नम्बरमा छ र उसले ९७.६ अंक प्राप्त गरेको छ । छैटौं नम्बरमा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) छ जसले ९७ अंक प्राप्त गरेको छ । यो संस्था पनि अमेरिकामा छ। इम्पेरियल कलेज लन्डन सीएचले यो वरियतामा छैठौं स्थान हासिल गरेको छ। र्याङ्किङमा उसले पनि ९७ अंक ल्याएको छ ।

यसपछि UCL विश्वविद्यालय आठौं नम्बरमा छ। यो विश्वविद्यालय बेलायतमा छ। यसले वरीयतामा ९५ अंक पाएको छ । ९ औं नम्बर ETH ज्यूरिख विश्वविद्यालय छ । स्विट्जरल्याण्ड स्थित यो विश्वविद्यालयले ९३.६ अंक प्राप्त गरेको छ । शिकागो विश्वविद्यालय यो सुचिको १० नम्बरमा छ। अमेरिका स्थित यो विश्वविद्यालयलाई ९३.२ अंक दिइएको छ ।

प्रतिक्रिया