सोमबार, वैशाख १७, २०८१

यी पाँच संकेत देखिए स्मार्टफोन ह्याक भएको हुनसक्छ !

नेपालखोज २०८० भदौ १३ गते १३:०८

काठमाडाैं । यदि तपाईले आफ्नो फोनमा पनि यी संकेतहरू देख्दै हुनुहुन्छ भने तपाईको फोन ह्याक हुने सम्भावना हुन्छ ।

यदि फोन लगातार बन्द भैरहेको छ वा स्वतः रिस्टार्ट हुँदैछ भने बुझ्नुपर्छ आफ्नो फोनको सिस्टम ह्याकरको हातमा छ। फोन ह्याक हुनुको सबैभन्दा ठूलो संकेत बैंक लेनदेनको म्यासेज आउन थाल्नु हो ।

फोन एक्कासी सुस्त हुनु पनि ह्याकिङको संकेत हो । इन्टरनेट डाटा खपत आवश्यकता भन्दा बढि भैरहेको छ भने पनि सावधान हुनु पर्छ ।

यदि फोनको ब्याट्री एक्कासी छिट्टै सकिदैछ भने यो पनि ह्याकिङको संकेत हो ।ह्याकरहरूले फोनमा कुनै मालवेयर राखे भने त्यसले फोनको ब्याकग्राउन्डमा काम गर्छ जसले गर्दा फोनको ब्याट्री छिटो खेर जान्छ।

प्रतिक्रिया