आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै
नेपालखोज
२०८० असार १० गते ७:३२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । बाँकी ७४३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन् ।
मन्त्रालयका अनुसार कोसी प्रदेशका दुई, मधेस प्रदेशका एक, वाग्मती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका दुई गरी १० स्थानीय तहले बजेट ल्याइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया