ई.सं. १९६० को दशकमा चीन स्वशासित तिब्बत भ्रमणको लागि जारी भएको पासपोर्ट

केवल २५७ नम्वरको यो पासपोर्टको तस्विर राहदानी संग्रहालयमा राखिएको छ । संग्रहालयले श्रोतमा मेरो नाम उल्लेख गरेरै सुरक्षित राखेको छ । नेपालमा बिदेशमा झै राहदानीको प्रचलन सन १९३० को दशकमा भएको देखिन्छ । त्यस अगाडि उपत्यका छोडेर बाहिर जाँदा नेपाली कागजमा अनुमति पत्र दिइन्थ्यो । यसरी दिइने अनुमतिपत्र भारतमा जाने नेपालीहरुका लागि पनि हुन्थे ।
यसरी दिइने अनुमतिपत्रमा नाकामा रहेका सैनिक अधिकारीले निरिक्षण गर्ने अधिकार दिइएको हुन्थ्यो । जुद्धशम्शेरको शासनकालमा जब छोरा बहादुर शम्शेरका साथ बेेलायत जाने टोलीका लागि बेलायत सरकारले राहदानीको आवश्यकता रहेको सूचीत गरेपछि नेपालमा पहिलो पटक राहदानी निष्काशन गरिएको थियो ।
वि.सं. १९९१ मा जुद्धशम्शेरले बिदेशी उच्च तहका ब्यक्तित्वका लागि प्रदान गरिने सबैभन्दा उच्च ओहदाको सर्वोच्च तक्मा ओजस्वी राजन्य पदवी बेलायती महाराजा जर्ज पञ्चमलाई दिने निर्णय भए पछि सो पदवी हस्तान्तरण गर्न जाने टोलीका सबै सदस्यहरुलाई पहिलो पटक राहदानी दिएर पठाइएको थियो ।

प्रतिक्रिया