आइतबार, जेठ ६, २०८१

युआनको विश्वव्यापी भुक्तानी शेयर मे महिनामा बढ्यो

नेपालखोज २०८० असार १० गते १५:३१

बेइजिङ । चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) वा युआनले मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ ।

आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट गत महिना २.५४ प्रतिशतमा बढेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ ।

आरएमबी सबैभन्दा सक्रिय मुद्राको सूचीको पाचौँ स्थानमा छ । यसको भुक्तानी मूल्य एक महिना अघिको तुलनामा २०.३८ प्रतिशतले बढेको छ ।

युरोजोन बाहेक अन्तरराष्ट्रिय भुक्तानीको सन्दर्भमा आरएमबी १.५१ प्रतिशतको शेयरका साथ छैठौँ स्थानमा छ ।

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र अपतटीय आएमबी लेनदेनको लागि सबैभन्दा ठूलो बजार हो जसले ७३.४८ प्रतिशत ओगटेको छ भने बेलाइत र सिङ्गापुरमा क्रमशः ५.१७ प्रतिशत ३.८४ प्रतिशत छ ।

प्रतिक्रिया