बंगलादेशले माल्दिभ्सलाई ३-१ गोल अन्तरले हरायाे
नेपालखोज
२०८० असार १० गते २१:१८

काठमाडौं । बंगलादेशले भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आइतबार माल्दिभ्सलाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले पहिलो जित निकालेको हो ।
खेलमा सुरुआती अग्रता भने माल्दिभ्सले बनाएको थियो । खेलको १७ औं मिनेटमा हाम्जा मोहमदले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा राकिब होसेनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।
जितसँगै समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बंगलादेशले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेशलाई लेबनानले हराएको थियो । माल्दिभ्स २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया