काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको एफडीएच क्लिनिक बन्द गरायाे

नेपालखोज २०८० असार १० गते २१:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको एफडीएच क्लिनिक बन्द गराएकाे छ । मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि महानगरपालिकाको स्वास्थ्य सेवा विभागले बन्द गराएकाे हाे ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । यो क्लिनिक डा.दिलजन मन्सुरले सञ्चालन गर्दै आइरहेका छन् ।

अनुमतिपत्र नै नलिएर क्लिनिक चलाइएको महानगरको भनाइ छ । महानगरले डाक्टरको योग्यतामाथि पनि प्रश्न उठाएको छ । साथै बिरामीले पनि महानगरमा गुनासो गरेको बताइएको छ ।

प्रतिक्रिया