लागू औषध दुर्व्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवधारणापत्र

२६ जुन अर्थात ११ असारमा पर्ने अन्तर्राष्ट्रिय लागू औषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका लागि मानव अधिकार तथा शान्ति समाजले एउटा अवधारणापत्र सार्वजनिक गरेको छ । अवधारणापत्रमा लागू औषध तथा मदिरा दुव्र्यसन विरुद्ध शान्ति समाजको अभियान शिर्षकमा भनिएको छ : दुव्र्यसन भन्नाले सामान्यतया मदिराको दुव्र्यसन, (मदिरा माथि निर्भरता) उमेर नपुगेकाहरुले मदिरा सेवन चिकित्सकको लिखतलाई दुरुपयोग गरी प्रयोग गर्ने औषधी, गैर उपचार कार्यमा प्रयोग गरिने औषधी, लागु पदार्थको अवैध प्रयोग आदिलाई जनाउँछ ।
लागु पदार्थ भन्नाले गाँजा, चरेस, अफिम, हिरोइन लगायतका लागु पदार्थ बुझिन्छ जस्को उत्पादन र ओसार पसार कानुनी रुपमा अवैध हुन्छ । यसको प्रयोग दण्डनीय अपराध मानिन्छ । लागु औषध दुव्र्यसन र ओसारपसार गम्भीर खालको अन्तराष्ट्रिय अपराध हो । कानुन र मर्यादाको सीमा नाघेर गरिने मदिराको सेवन एउटा डरलाग्दो समस्या हो भने मदिराको दुव्र्यसन नै अधिकांस अपराधको जड भएको पाइन्छ ।
मदिराको दुव्र्यसनबाट हुने अपराधको सूचि लामो छ । नेपालमा आधिकांस सडक दुघर्टनाका पछाडिको कारण अत्याधिक मदिरा सेवन रहेको बताइन्छ । त्यस्तै झै–झगडा, यौन प्रेरित हमला, डकैती, बलात्कार, घरेलु हिंसा, हत्या, बाल यौन शोषणका घटनाको पछाडि कही न कही मदिरा दुव्र्यसन कारण रहेको पाइन्छ ।
घरेलु हिंसाको एक प्रमुख कारण दुव्र्यसन रही आएको छ । यसैगरी बाल दुव्र्यवहार र बाल यौन शोषणका घटना पछाडि दुव्र्यसन एक प्रमुख कारण रहि आएको छ । तसर्थ मानव अधिकार संस्थाहरुले “बालबालिका बचाऔँ अभियान र दुव्र्यसन रोकथाम अभियानलाई साथसाथै अगाडि बढाउनुपर्छ भन्ने धारणा अनुरुप शान्ति समाजले यो अभियान सञ्चालन गरिरहेको छ भने लागु औषध दुव्र्यसन रोकथामका लागि नागरिक निगरानी विस्तारमा जोड दिँदै आएको छ ।
लागु औषध(मदिरा दुव्र्यसनको रोकथामका लागि राज्य, समाज र नागरिकले विशेष पहल गर्नुपर्दछ । यसका लागि शान्ति समाजले राजनीतिक समाज, नागरिक समाज र सुरक्षा निकाय लगायत राज्यका सम्पूर्ण अंगहरुको सामुहिक प्रयासको आह्वान गर्दै विस्तारित र प्रभावकारी अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिएको छ । विशेषत युवा पुस्तालाई दुव्र्यसनबाट जोगाउने उद्देश्यले ३ वटा क्षेत्र विद्यालय, समुदाय र कार्य स्थल लक्षित अभियानमा जोड दिइएको छ जुन यस प्रकार छ स्
९क० लागु औषध(मदिरा दुव्र्यसन मुक्त विद्यालय ९ख० लागु औषध(मदिरा दुव्र्यसन मुक्त समुदाय ९ग० लागु औषध(मदिरा दुव्र्यसन मुक्त कार्य स्थल । यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपुर्ण छ ।
अभिभावकको भूमिका :
लागु औषध(मदिरा दुव्र्यसनबाट आफ्ना सन्तति, विद्यालय र सामुदायिक क्षेत्रलाई मुक्त राख्न दृढ इच्छाशक्तिसहित व्यापक पहलको आवश्यकता छ । तसर्थ शान्ति समाजले विद्यालय र सामुदायिक क्षेत्रमा अभियान व्यापक रुपमा विस्तार हुनुपर्ने ठानेको छ । यसका लागि अभिभावक वर्गको अहम् भूमिका छ र दुव्र्यसन रोकथामका लागि अभिभावक स्वयंले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भने दुव्र्यसनको क्षेत्रमा देखिएको नयाँ प्रवृत्तिबारे अभिभावकहरु जानकार हुनु आवश्यक छ ।
१. कही आफ्नो सन्ततीहरु किशोरावस्थामा लागु औषध(मदिरा दुव्र्यसनको शिकार त भइरहेका छैनन् रुअभिभावकीय कर्तव्य पुरा गर्नका लागि अभिभावकीय निगरानी आवश्यक छ ।
२. लागु औषधको दुष्प्रभाव र भविष्यमाथि कुठाराघात सम्बन्धमा घनिभूत पारिवारिक संवाद आवश्यक छ ।
३. सन्ततीको खराब पात्रहरुसँग संगत त छैन रु बेला छदैँ सचेत गराउनु आवश्यक छ र खराब संगत भए छुटाउन रचनात्मक पहलमा ध्यान दिनुपर्दछ ।
४. दुव्र्यसनमा फसेकोे शंका लागेमा विज्ञहरुसँग परामर्श गर्न ढिलो गर्नुहुदैँन । बेलैमा होस पु¥याई चालिने कदमले भावि दुघर्टनालाई रोक्ने छ ।
५. किशोरावस्थामा, अभिभावकहरुको अझ केन्द्रीय भूमिका हुनुपर्दछ । लामो समय एकान्तमा रहने, अभिभावक परिवारजनबाट अलग रहेको अवस्थामा विशेष ख्याल गर्नुपर्दछ । अभिभावक स्वयंले मोनीटरिङको भूमिका निर्वाह गर्नुपर्दछ ।
६। तपाइँका सन्ततीको दिनचर्या कसरी बित्दै छ रु नियमित रुपमा विद्यालय गए नगएको सुनिश्चित गर्नुपर्छ । विद्यालय छोडेर बाहिर गएका त छैनन् रु घर परिवारलाई ढाटिरहेको त छैनन् रु ध्यान दिनु जरुरी छ ।
७. दुव्र्यसनमा फसेको थाहा भए लुकाउने ढाकछोप गर्ने भन्दा पनि उपचार गर्न÷पुनस्र्थापना केन्द्रमा लैजान ढिला गर्नु हुदैँन ।
८. घर भित्रैबाट चोरीका घटना विशेषत गहना हराउने, बहुमुल्य सामान हराउने जस्ता घटना भएमा सावधानी अपनाउनुपर्छ । तपाइँका सन्ततीले अत्याधिक खर्च माग गरेमा के का लागि प्रष्ट हुनुपर्छ । सन्ततीको चरित्र हिंसात्मक हुदैँ गएको त छैन, ध्यान दिनुपर्छ ।
९. घरमा एक जना दुव्र्यसनी भए अर्कोलाई पनि विगार्न सक्ने हुदाँ त्यस्तो कुलत फैलनबाट रोक्ने प्रयास गर्नुपर्छ । आफ्नो घर आवासलाई सुरक्षित बनाउनुपर्छ तथा बाह्य दुव्र्यसनीहरुको प्रवेशमा रोक लगाउनुपर्छ ।
१०. अभिभावकको दायित्व र कर्तव्य पुरा गरिरहनु भएको छ छैन्रु मनन गर्नुपर्छ ।
विद्यालयको भूमिका :
१. लागु औषध(मदिरा दुव्र्यसनमुक्त विद्यालय बनाउन विशेष योजनासहित दुव्र्यसन रोकथाम कार्यक्रम प्रत्येक विद्यालयसँग हुनुपर्छ । यसका लागि “दुव्र्यसन रोकथाम विद्यालय शिक्षा कार्यक्रम” प्रत्येक विद्यालयमा सञ्चालन गर्नुपर्दछ ।
२. छात्रावासहरुमा त्यस्तो दुव्र्यसनले प्रवेश पाएको छैन भन्ने सुनिश्चित गर्नुपर्दछ । छात्राबास सञ्चालक र कर्मचारीहरुलाई यस सम्बन्धमा तालिम प्रदान गर्नुपर्दछ ।
३. विद्यालय÷छात्रावास परिसर वरिपरि लागु औषधका दुव्र्यसनी÷अम्मलीहरुले अखडा बनाइरहेका त छैनन रु निगरानी गर्नुपर्दछ । सिसिटिभीको व्यवस्था गर्नुपर्दछ ।
४. विद्यालयहरुमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम हुनुपर्छ । नियमित अन्तरालमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्दछ ।
५. प्रत्येक वर्ष दुव्र्यसनमुक्त, हिंसामुक्त अभियान प्राथमिकताका साथ सञ्चालन गर्नुपर्दछ । दुव्र्यसन रोकथामका लागि युवाहरुमा सुचना प्रवाह तीव्र बनाउनुपर्छ ।
६. दुव्र्यसन रोकथामका सामग्री पाठ्यपुस्तकमा समावेश गर्नुपर्दछ ।
७. विद्यार्थीको गतिविधिबारे अभिभावकहरुलाई नियमित रुपमा सुचीत गर्नु पर्दछ । विद्यार्थीको आचरण नकारात्मक देखिएमा तत्काल अभिभावकसँग छलफल गर्नुपर्दछ ।
८. पठनपाठनका अतिरिक्त विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा सामेल गराइराख्न विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।
९. दुव्र्यसनीहरुका लागि सहज उपचार सेवा सुनिश्चित गर्नुपर्दछ ।
१०. दुव्र्यसनीहरुलाई निकालेर पन्छिने भन्दा उपचार गर्ने, पुर्नस्थापना केन्द्रमा लगि सुध्रने अवसर प्रदान गर्नुपर्दछ ।
समुदायको भूमिका :
१. लागु औषध(मदिरा दुव्र्यसनमुक्त समुदाय निर्माण गर्न समुदायसँग विशेष योजना हुनुपर्छ ।
२. दुव्र्यसन रोकथामका लागि व्यापक जागरण तथा सचेतना अभियान सञ्चालन गर्नुपर्दछ ।
३. यसका लागि “समुदाय निगरानी अभियान” तीव्र बनाउनुपर्छ ।
४. लागु औषध(मदिरा दुव्र्यसनको समस्या समुदायको समस्या हो । तसर्थ यसको रोकथाममा राज्यका निकाय, नागरिक समाजसंगको सहकार्यलाई विस्तार गर्नुपर्दछ ।
५. अन्य स्वास्थ्य सेवा जस्तै माग भएमा दुव्र्यसनीहरुका लागि पुर्नस्थापना वा सुधार सम्बन्धी स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ ।
६. तपाइँको समुदायमा संदिग्ध व्यक्तिहरु युवा पुस्तालाई लागु औषधतर्फ आकर्षित त गरिरहेका छैन्न् रु सोध खोज र छानवीन गर्नुपर्छ ।
७. तपाइँको समुदायमा लागु औषध भित्रीरहेको त छैन रु अनुगमन गर्नुपर्छ ।
८. मदिराको विक्री वितरणमा निश्चित मापदण्ड पालना गर्न समुदायले जोड दिनुपर्छ । लाइसेन्स प्राप्त स्थानहरुबाट मात्र मदिराको विक्री हुनुपर्छ । त्यस्तो स्थान आवासीय क्षेत्र बाहिर हुनुपर्छ । विद्यालय परिसर वरिपरि मदिरा विक्रिमा रोक लगाउनुपर्छ ।
९. मदिरा विक्रिको समयावधि कम भन्दा कम हुनुपर्छ ।
१०.सस्तो मदिराको गुणस्तर जाँच हुनुपर्छ र अत्याधिक कर लगाउनुपर्छ । घरेलु तवरमा मदिरा बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्दछ । विषाक्त मदिराको उत्पादन र विक्री वितरणमा संलग्नलाई कारबाही गर्नुपर्छ । हाट बजार लगायत सार्वजनिक स्थानमा खुला मदिरा विक्री र सेवन रोक्नुपर्छ ।
लागु औषध-मदिरा दुव्र्यसन मुक्त कार्यस्थल :
सम्पूर्ण कार्य स्थलहरु लागु औषध(मदिरा दुव्र्यसनबाट मुक्त रहनुपर्दछ । यसका लागि शान्ति समाज निम्न बुदाँहरुमा ध्यानाकर्षण गराउँछ ।
१. कार्यस्थललाई दुव्र्यसनबाट सुरक्षित बनाउन सम्बन्धित निकाय÷ कार्यालय÷ संस्थामा दृढ अठोट हुनुपर्छ ।
२. दुव्र्यसन विरुद्ध आचारसंहिता हुनुपर्छ ।
३. कर्मचारी(कामदारहरुमा दुव्र्यसनीको लक्षण त देखिएको छैन रु उनीहरु कतै दुव्र्यसनको शिकार त भएका छैनन् रु निरीक्षण, निगरानी हुनुपर्छ ।
४. कर्मचारी(कामदारहरुलाई स्वास्थ्य सुविधा उपलब्ध हुनुपर्छ । नियमित अन्तरालमा स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्छ । अनुरोध भएमा मनोचिकित्सक, दुव्र्यसन रोकथाम विज्ञको सेवा उपलब्ध गराउनुपर्छ ।
५. लागु औषध(मदिरा दुव्र्यसन रोकथामका लागि आवश्यक सूचना र तालिमको व्यवस्था हुनुपर्छ ।
६. प्रत्येक साताको एक दिन ९सके दिनै पिच्छे० कार्यस्थलमा व्यापक सरसफाइ गर्नुपर्छ । त्यस्तो सरसफाइमा दुव्र्यसनीले प्रयोग गर्ने सामग्रीहरु भेटीए रोकथामका लागि उचित कदम चाल्नुपर्छ ।
७. दुव्र्यसनको उपचारसहित सुधार÷पुर्नस्थापना केन्द्रबाट हुने उपचार लगायतका विकल्पहरु उपलब्ध हुनुपर्छ ।
८. दुव्र्यसनीहरु विरुद्ध कानुन बमोजिम दण्ड(कारबाही सुनिश्चित गर्नुपर्छ ।
९. कार्य स्थल आसपासको क्षेत्रमा लागु औषध दुव्र्यसनका घटना भएमा वा दुव्र्यसनीहरुको जमघट भएमा तत्काल प्रहरीलाई सूचित गर्नुपर्छ ।
१०. कार्य स्थलमा कसैले लागु पदार्थको सञ्चय त गरेको छैन रु ध्यान दिनुपर्छ ।
युवा पुस्तालाई विशेष आग्रह :
लागू औषध/मदिरा दुव्र्यसनले व्यक्तिलाई विक्षिप्त, परिवारलाई तहसनहस र समाजलाई अस्तव्यस्त बनाउँछ । समग्रमा भन्नुपर्दा दुव्र्यसनले व्यक्तिको भविष्य समाप्त गर्नुका साथै घर परिवार समाज माथि पनि घात गर्छ । तसर्थ दुव्र्यसनी हुनु भनेको आफुँलाई समाप्त गर्नुका साथै घर परिवार समाज माथिको जघन्य अपराध पनि हो ।
यस्तो अपराधबाट जोगिन युवा पुस्ता स्वयं संयमित हुनुपर्छ । जीवन अमुल्य छ । दुव्र्यसनको दुष्चक्रमा परेर अमुल्य जीवन बर्बाद गर्नु हुँदैन ।

प्रतिक्रिया