अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदै
नेपालखोज
२०८० असार ११ गते ७:१३

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेसन जारी रहेको छ । सो अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आज १० समूहमा विभाजन गरेर छलफल हुँदै छ ।
हिजो अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।
बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी भएर समुहगत छलफल गर्न लागेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया